साथीले बाेकेकाे बन्दुक पड्किएर सङ्खुवासभामा एक जनाकाे ज्यान गयाे
बैशाख १२, २०८२ शुक्रबार
युक्रेनमा युद्ध अन्त्य गर्न रुस अमेरिकासँग सम्झौता गर्नका लागि तयार भएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा युद्ध अन्त्य गर्न रुस अमेरिकासँग सम्झौता गर्न तयार रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।
यद्यपि विदेशमन्त्री लाभरोभले केही तत्त्वहरूलाई उचित रूपमा समायोजन गर्न आवश्यक रहेको पनि स्पष्ट पार्नुभएको छ । बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजसँग कुरा गर्दै उहाँले अमेरिकाका राष्ट्रपतिले विश्वास गरेका र आफूहरू सही दिशामा अघि बढिरहेको बताउनुभएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले मस्कोमा रुसी राष्ट्रपति पुटिनलाई भेटेर उहाँसँग वार्ता गर्नसक्ने खबरमा उल्लेख छ ।
यहीबीचमा युक्रेनको राजधानी किभका मेयर भिटाली क्लिट्स्कोले रुससँगको कुनै पनि शान्ति सम्झौताको भागका रूपमा देशले आफ्नो भू–भाग त्याग्नुपर्ने हुनसक्ने सुझाव दिनुभएको छ । आफ्नो भू–भाग त्याग्नु उचित नभएको तर शान्तिका लागि सायद यो समाधान हुनसक्ने उहाँको भनाइ छ । किभका मेयर र जेलेन्स्की एकअर्काका राजनीतिक विरोधी हुन् ।
यस्तै मस्कोमा कार बम आक्रमणमा एक वरिष्ठ रुसी जनरलको ज्यान गएको रुसी अधिकारीहरूले पुष्टि गरेका छन् । यसैगरी युक्रेनमा पछिल्लो रुसी ड्रोन आक्रमणमा तीन जनाको ज्यान गएको छ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।