पाकिस्तानसँगको बढ्दो तनावका बीच भारतीय जलसेनाले युद्ध अभ्यास ...
बैशाख १४, २०८२ आइतबार
काठमाण्डौ – आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउन र विद्यालय सञ्चालन गर्न सर्वोच्च अदालतले दिएको तीन दिनको समयसीमा आज सकिँदैछ ।
अदालतको आदेशसँगै सरकारलाई दबाब बढेको भए पनि अहिलेसम्म सरकार र शिक्षकहरुबीच सहमति जुट्न सकेको छैन । सर्वोच्चले गएको बिहीवार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले हिजो र अस्ति शिक्षक प्रतिनिधिसँग छलफल र वार्ताको पहल गरे पनि ठोस निचोड निस्कन नसक्दा आन्दोलन कायमै छ । शिक्षक आन्दोलनको आज २६ औं दिन पुगेको छ ।
नेपाल शिक्षक महासङ्घकी सह–अध्यक्ष नानुमाया पराजुलीले आफूहरुले शिक्षा मन्त्रीसँग आन्दोलनको औचित्यबारे जानकारी गराएको र विगतमा भएको सहमतिअनुसार, शिक्षा ऐन जारी हुनुपर्ने आफूहरुको अडान यथावत् रहेको बताउनुभयो ।
शिक्षा मन्त्रायका प्रवक्ता शिवकुमार सापकोटाले शिक्षकका माग पूरा गर्नकै लागि सरकार निरन्तर छलफलमा रहेको बताउनुभएको छ ।
शिक्षकहरुले गएको चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका छन् । शिक्षकहरुले हिजो बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास समेत गरेका थिए । निरन्तरको प्रदर्शनबाट माइतीघर–बबरमहल, नयाँबानेश्वर सडक खण्डमा आवागमन प्रभावित हुँदै आएको छ ।
विभिन्न पालिकाले शिक्षकहरुलाई तत्काल विद्यालय खोल्न निर्देशन समेत दिन थालेका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिकाले आजदेखि विद्यालय सञ्चालन नगरे राजीनामा दिन शिक्षकहरूलाई निर्देशन नै दिएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिकालगायतले पनि आजदेखि विद्यालय सञ्चालन गर्न निर्देशन दिएका छन् ।
शिक्षक आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका जाँच, कक्षा १२ को परीक्षा, भर्ना अभियानलगायतका शैक्षिक गतिविधि प्रभावित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।