इरान : बन्दरगाह विस्फोटमा ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुग्याे
बैशाख १४, २०८२ आइतबार
काठमाण्डौ – रियल म्याड्रिडलाई हराउँदै बार्सिलोना कोपा डेल रे च्याम्पियन बनेको छ । डिफेन्डर जुल्स कुन्डेले खेलको अतिरिक्त समयमा गरेको गोलबाट बार्सिलोना उपाधि जित्न सफल भयो ।
सेभिलमा भएको खेलमा बार्सिलोनाले ३–२ को जीत निकालेको हो । निर्धारित ९० मिनेटको खेल दुई/दुई गोलको बराबरीमा सकिएपछि थप भएको ३० मिनेटको खेलमा कुन्डेले विजयी गोल गरे ।
बार्सिलोनाले खेलको पहिलो हाफमा एक गोल गर्दै अग्रता बनाएको थियो । तर रियलका एमबाप्पेले दोस्रो हाफको ७० औं मिनेटमा गोल गरे । त्यसको ८ मिनेटपछि रियलले गोल थप्यो । लगत्तै ८४ औं मिनेटमा बार्साले खेललाई बराबरी गर्यो ।
अतिरिक्त समयमा खेलको एक सय १६ औँ मिनेटमा भएको गोलबाट बार्सिलोनाले उपाधि जितेको हो । यसअघि उसले स्पेनिस सुपर कप पनि जितिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।