एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर १२, २०८१ बुधबार
पाल्पा - पाल्पाको रम्भा गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्नेमध्ये बालविवाह गर्नेलाई सेवासुविधा नदिने भएको छ ।
पाँच वटा वडा रहेको गाउँपालिकामा सानै उमेरमा विवाह गर्नेहरु बढ्न थालेपछि यस्तो निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताउनुभयो ।
सानै उमेरमा विवाह गर्दा शारीरिक तथा मानसिक समस्या आउने भएकाले यसको न्यूनीकरणका निम्ति गाउँपालिकाले अभियान जारी राखेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । बाक्लो मगर बस्ती रहेको रम्भा गाउँपालिकाका वडा नम्बर २ फोक्सिङ्कोट र ३ को पीपलडाँडामा बालविवाह गर्नेहरु बढिरहेको गाउँपालिकाले जनाएको छ ।
कम उमेरमै विवाह गर्दा र कम उमेरमा शिशु जन्माउँदा विशेष गरी शिशु र आमाको स्वास्थ्य अवस्था कमजोर हुने र कतिपय अवस्थामा शिशु र आमाको ज्यानैसमेत जान सक्नेतर्फ गाउँपालिकाले जनचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
गाउँपालिकाभित्र अहिले विशेष गरी १४ देखि १७ वर्ष उमेर समूहमै बिहे गर्नेहरु बढेकालुे गाउँपालिकाले बालविवाह रोक्ने पहल गरेको हो । गाउँपालिकाले कम उमेरमा विवाह गर्नेलाई विवाह दर्तासमेत रोकेको छ । गाउँपालिकाका अध्यक्ष भण्डारीले विवाह दर्ता गर्न आउने युवती तथा युवकलाई छुट्टयाइदिएर उमेर पुगेपछि विवाह गर्न सल्लाहसमेत दिई पठाउने गरिएको जानकारी दिनुभयो ।
बालविवाहमुक्त वडासँगै छुवाछूतमुक्त वडाका बनाउनका लागि कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रमका लागि रु चार लाख रुपैँय विनियोजन गरिएको अध्यक्ष भण्डारीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।