झापामा बिना खनजोत मकैखेती
पुस ४, २०८१ बिहिबार
सिन्धुली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार भ्रष्टाचारकाे जगमा खडा भएकाे आराेप लगाउनुभएकाे छ ।
शनिबार सिन्धुली जिल्लाको ऐतिहासिक सिन्धुलीगढी हेर्न आउनुभएका नेता पौडेलले कार्यकर्ता भेटघाट कार्यक्रममा भन्नुभयो, ‘प्रधानमन्त्री समृद्धिको जग बसाल्यौँ, आधारशिला खडा गर्यौं भन्नुहुन्छ । तर जग भ्रष्टाचारको बसेको देखिन्छ’ नेता पौडेलले भन्नुभयो, ‘भ्रष्टचारको जगमा समृद्धिको महल खडा हुन सक्दैन ।’
विकास निर्माणका लागि अहिले देशमा चारैतर्फबाट सहज वातावरण तयार भएको भन्दै उहाँले यो मौकालाई सरकारले सदुपयोग गर्न नसकेको बताउनुभयो । सरकारले बिकेन्द्रिकरण भन्दा पनि केन्द्रिकरणतर्फ हरेक कदम चाल्दै गएको उहाँले आरोप लगाउनुभयो ।
उहाँले सिन्धुलीगढीलाई ऐतिहासिक ठाउँ भएको बताउदै यहाँ आउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । आउने दिनहरुमा पार्टी बलियो बनाउन कार्यकर्ताहरुले लागिपर्नुपर्ने भन्दै आगामी चुनावमा कांग्रेसलाई जिताउने गरी सङगठनमा लाग्न समेत उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
यस्तै उहाँले विकासका लागि आफ्ना एजेण्डालाई टुक्रिन नदिने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘मैले ५६ एजेण्डा लेखेर केन्द्रीय समितिमा बुझाएको छु । त्यसलाई आगामी केन्द्रीय समितिको बैठकबाट पारित गर्ने प्रयास गर्नेछु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।