च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
कैलाली – सुदुरपश्चिम प्रदेशको धनगढीबाट एक महिनाको अवधिमा २५२ जनाले पुनः श्रम स्वीकृती लिएका छन् । गएको माघ ११ गतेदेखि स्थापना भएको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको श्रम डेस्कबाट एक महिनामा अवधिमा २५२ जनाले सेवा लिएका हुन् ।
प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि विदेश जानेहरु पनि खुशी भएका छन् । तर प्रदेशमा श्रमसम्बन्धी सेवा दिने श्रम तथा रोजगार कार्यालयमा भने कर्मचारी अभाव छ । १४ जनाको दरबन्दी भएको कार्यालयमा पाँच कर्मचारी र तीन सहयोगी गरी आठ जना मात्रै कार्यरत छन् ।
एक भाषा अनुवादक र एक कम्प्युटर अपरेटर करारमा आएपनि अझै तीन जनाको अभाव छ । ‘कार्यालयका मुख्य पद खाली छन, अहिले कार्यालय प्रमुख उपसचिव, अधिकृत र एकजना नायब सुब्बाको पद रिक्त छ’, निमित्त प्रमुख जयदेव विष्टले भन्नुभयो, ‘श्रम स्वीकृति प्रक्रियाका लागि चार जना अनिवार्य चाहिन्छ, एक जना बिरामी भए वा बिदामा गए कामै रोकिने अवस्था छ, भएका सबै कर्मचारी पुनःश्रम स्वीकृतिमा लाग्दा श्रम प्रतिष्ठानको अनुगमन र सामाजिक सुरक्षा कोषको कार्यक्रम ठप्प हुन्छ ।’
निमित्त प्रमुख विष्ट अहिलेसम्म आएका सेवाग्राहीहरु ७०० किलोमिटर टाढाको काठमाण्डौ पुगेर भीडमा लाइन लाग्नुपर्ने अवस्थाबाट मुक्त हुन पाएकामा सबै सेवाग्राही खुशी भएको बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।