‌‌‌ओस्कार २०१९ : ‘ग्रीन बुक’ बन्याे सर्वोत्कृष्ट चलचित्र, कसले के जिते ?

 फागुन १३, २०७५ सोमबार १३:११:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

यो वर्षको ओस्कार अवार्डमा ग्रीन बुक सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । अमेरिकाको लस एन्जलसमा सोमबार बिहान भएको ९१ औँ संस्करणको ओस्कार अवार्ड ग्रीन बुकले उत्कृष्ट चलचित्रको अवार्ड जितेको हो । 

अभिनेता रामी मालेकले यस पटकको ओस्कार अवार्डमा बेस्ट एक्टरको अवार्ड हात पारेका छन् ।  

उत्कृष्ट अभिनेताकाे अवार्ड लिँदै रामी मालेक

चलचित्र ‘बोहेमियन राप्सोडी’ मा फ्रेडी मर्करीको भूमिकाका लागि मालेकले ९१औँ संस्करणको एकेडेमी अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका हुन् । 

मालेकले ‘भाइस’ मा पूर्व अमेरिकी राष्ट्रपति डिक चेनीको भूमिकामा देखिएका क्रिस्टियन बेल र ‘अ स्टार इज बर्न’ मा ज्याक मेनको भूमिकाका देखिएका ब्राड्ले कूपरलाई पछि पार्दै उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् ।

ग्रीन बुक चलचित्रका लागि ओस्कर पुरस्कार लिँदै निर्देशक पीटर फेरेली

‘बोहेमियन राप्सोडी’ ब्रिटिस रकब्यान्ड ‘क्वीन’ का लिड सिंगर फ्रेडी मर्करीको जीवनमा आधारित चलचित्र हो । फ्रेडी मर्करीको सन् १९९१ मा एड्ससँग सम्बन्धित रोगका कारण निधन भएको थियो ।

उत्कृष्ट निर्देशककाे ओस्कर पुरस्कार लिँदै अल्फान्साे क्युराेन

बोहेमियन राप्सोडीका अलावा रामी मालेक टेलिभिजन शृंखला ‘मिस्टर रोबोट’ का कारण पनि चर्चित छन् । त्यस्तै ‘रोमा’ ले सर्वोत्कृष्ट विदेशी भाषाको फिल्म तथा सर्वोत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेको छ । 

अल्फान्सो क्वारोनको लेखन र निर्देशन रहेको मेक्सिकन भाषाको यो श्यामश्वेत चलचित्रमा सन् १९७० को दशकको मध्यम वर्गीय गृहिणीको कथा समेटिएको छ । 

उत्कृष्ट अभिनेतृकाे ओस्कर पुरस्कार लिँदै ओलिभिया काेलम्यान

बेलायती अभिनेत्री ओलिभिया कोलमेनले ‘द फेभरेट’ का लागि सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् ।

उत्कृष्ट ओरिजिनल गीतका पुरस्कार लिँदै गायिका लेडी गागा

कसले के जिते ?

उत्कृष्ट चलचित्र : ग्रीन बुक 
उत्कृष्ट निर्देशक : अलफान्सो क्यूरोन (रोमा)
उत्कृष्ट अभिनेत्री : रामी मालेक 
उत्कृष्ट अभिनेता : ओलिभिया कोलम्यान
उत्कृष्ट सहअभिनेत्री : रेजिना किंग 
उत्कृष्ट सहअभिनेता : माहेरशला अली 
उत्कृष्ट सिनेमेटोग्राफी : रोमा, अल्फान्सो क्युरोन 
उत्कृष्ट एनिमेटेड फिचर फिल्म : स्पाइडर म्यान 
उत्कृष्ट ओरिजिनल स्क्रिनप्ले : ग्रीन बुक 
उत्कृष्ट एडेप्टेड स्क्रिनप्ले : ब्ल्याकक्लान्सम्यान 
उत्कृष्ट ओरिजनल स्कोर : ब्ल्याक प्यान्थर 
उत्कृष्ट डकुमेन्ट्री फिचर : फ्री सोलो 
उत्कृष्ट शर्ट डकुमेन्ट्री : पिरियड एण्ड अफ सेन्टेन्स 
उत्कृष्ट लाइव एक्सन सर्ट : स्किन 
उत्कृष्ट एनिमेटेड सर्ट : बाओ 
उत्कृष्ट प्रोडक्सन डिजाइन : ब्ल्याक प्यान्थर 
उत्कृष्ट कस्ट्युम डिजाइन : ब्ल्याक प्यान्थर 
उत्कृष्ट हेयर एण्ड मेकअप : वाइस 
उत्कृष्ट साउण्ड एडिटिङ : बोहेमियन राप्सोडी
उत्कृष्ट साउण्ड मिक्सिङ : बोहेमियन राप्सोडी
उत्कृष्ट भिजुअल इफेक्ट : फर्स्ट म्यान 
उत्कृष्ट सम्पादन : बोहेमियन राप्सोडी
उत्कृष्ट ओरिजनल सङ : श्यालो 


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया