पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

 असार ११, २०७५ सोमबार ७:२०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको ठाउँ ठाउँमा पहिरो खसेपछि राति साढे २ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोला, जलविरे लगायत ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चारकिलोमा अहिले पनि पहिरो खसिरहेकाले पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ । जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । सरकारले पहिरोको उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडक खण्ड हो । सडक विस्तारका क्रममा रहेकाले समय समयमा खस्ने पहिरोका कारण यात्रा जोखिमपूर्ण बन्ने गरेको छ । 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया