चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
पर्वत – यात्राका क्रममा बसमा साटिएको ६ तोला सुनका गहनासहितको झोला पर्वतकी एक महिलाले सम्बन्धित व्यक्तिलाई बुझाउनुभएको छ ।
पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीकी अमृता तिवारीले बसमा साटिएको गहना सहितको झोला आइतबार सम्बन्धित धनीलाई बुझाउनुभएको हो ।
पञ्चमुल मामाघर भइ हाल बुटवल बस्दै आएकी बिन्दु लम्सालको झोला अमृतासँग साटिएको थियो ।
स्याङजाको पञ्चमुलबाट अमृता र बिन्दु एउटै बसमा आउँदै गर्दा कार्किनेटाबाट छुट्नेबेलामा अमृता तिवारीसँग बिन्दुको झोला साटिएको थियो । फलेवास नगरपालिका ३ को वडा कार्यालयमा आइतबार एक कार्यक्रम गरी बिन्दुका मामा भोजराज ढकाल र माइजु भावना ढकाललाई झोला हस्तान्तरण गरिएको हो ।
दुवैजनाको झोलाको रंग र साइज एउटै भएकाले साटिएको जनाइएको छ । माइली तिलहरी, झुम्का एक थान, कालोमाला, दुईवटा हातमा लगाउने बाला, चन्द्रमा, दुईटा औंठी, एउटा लकेटसहितको सिक्री गरि ६ तोला सुन सहित १८ हजार ३ सय पाँच रुपैयाँ नगद समेत झोलामा थियो ।
अमृता तिवारीले घरमा आएर झोला खोल्दा अरुको झोला भएको थाहा पाएपछि पहिले कार्किनेटा प्रहरीलाई खबर गर्नुभएको थियो ।
त्यसपछि तिवारीकै भतिजी सुनिता चापागार्इँ पनि त्यसै बसमा आएको थाहा पाएपछि सुनितामार्फत नै झोला साटिएकी बिन्दु लम्साललाई सम्पर्क गरेर झोलासहित बहुमूल्य गहना र नगद फिर्ता गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।