तनहुँको मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन क्षमताभन्दा आधा कम
चैत ३, २०८१ आइतबार
मोरङ – पछिल्लो समय धनाढ्य परिवारमा कुकुर मोह बढ्दै गएको छ ।
महंगा कुकुर पाल्ने तर खुल्ला ठाउँमा लगेर मलमुत्र गराउने प्रवृत्ति कुकुर पाल्नेहरुमा देखिएको छ । कुकुर डोर्याएर बिहान–बिहान दौडिनेहरुले आफ्ना कुकुरले सडक फोहोर गरेको चालै पाउँदैनन् वा सार्वजनिक ठाउँ त हो भनेर बेवास्ता गर्छन् ।
देशको राजधानी काठमाडौंमा मात्र होइन, यस्तो समस्या अहिले विराटनगरमा पनि देखिएको छ । सौखको लागि कुकुर पाल्यो । अनि फोहोर चाहिँ सडक अथावा सार्वजनिक ठाउँ । त्यसरी सडकमा कुकुरलाई मलमुत्र गराएको कसैलाई मन नपर्न पनि सक्छ । मन परोस् पनि कसरी आफू हिँड्ने बाटो फोहोर भएको । तर कुकुरलाई बाहिर मलमुत्र नगराउनुस् भन्दा एक व्यक्तिले महिलालाई नै अंगभङ्ग हुनेगरी आक्रमण गरेका छन् ।
विराटनगर महानगरपालिका –८, मधुमाराका टेकबहादुर गिरीले कुकुरलाई सडकमा मलमुत्र गराउने विषयमा विवाद हुँदा एक महिलालाई अंगभंग हुन गरी आक्रमण गरेका छन् । स्थानीय संगिता पोख्रेलले सडकमा कुकुरलाई दिसा नगराउन भन्दा उनीमाथि गिरीले कुटपिट गर्नुका साथै मुखले टोकेर औँला नै चँुडाइदिएका छन् । सामान्य विवादमा गिरीले उनीमाथि कुटपिट गरी दाँतले टोकेर हातको औँला चुँडाइदिएको वडा नम्बर –८, की वडा सदस्य भारती पोखरेलले जानकारी दिनुभयो ।
दोषी टेकबहादुर गिरीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभया । उहाँका अनुसार, छिमेकीसँग भएको झगडाको विषयमा गिरीले छिमेकीलाई अंगभंग हुनेगरी अक्रमण गरी औँला नै चुँडाइदिएकोले उनलाई जिल्ला अदालत मोरङमा अंगभंगसम्बन्धी मुद्दा दायर गरिएको उपरीक्षक केसीले जानकारी दिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।