गुजरातमा PUBG खेल्ने १० जना पक्राउ !

 फागुन ३०, २०७५ बिहिबार १३:४०:५० | एजेन्सी
unn.prixa.net

भारतको गुजरात राज्यको राजकोट प्रहरीले अनलाइन खेल PUBG  खेल्न प्रतिबन्ध लगाएको छ । प्रतिबन्धका बाबजुद यो खेल खेल्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएको मार्च ६ तारिखमा प्रहरी आयुक्तले एक सूचना सार्वजनिक गरी PUBG  माथि प्रतिबन्ध लगाएको जानकारी दिएका थिए । PUBG  तथा मोमो च्यालेन्ज खेलका कारण युवाहरु हिंसक भएको, पढाइमा असर परेको तथा आचरण र भाषामा परिवर्तन आएको बताउँदै राजकोट प्रहरीले यी खेलमाथि प्रतिबन्ध लगाएको स्पष्टिकरण दिएको थियो ।

द इन्डियन एक्सप्रेसका अनुसार राजकोट प्रहरीले अलग–अलग तीन ठाउँबाट  एग्द्यन् खेल्ने १० जनालाई पक्राउ गरेको हो । 

राजकोट स्पेसल अपरेशन्स ग्रुपका प्रहरी निरीक्षक रोहित रावलका अनुसार तीन जनालाई प्रहरी हेडक्वार्टरको नजिकैबाट गिरफ्तार गरिएको थियो । उनीहरुविरुद्ध मुद्दा चलाइएको र मोबाइल पनि जफत गरिएको छ । 

त्यस्तै ६ जना कलेजका विद्यार्थी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । चिया पसल तथा फास्ट फूड सेन्टरमा बसेर PUBG खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । अर्का एक जना भने विश्वविद्यालयका विद्यार्थी रहेको प्रहरीले जानकारी दिएको छ । 

पछिल्लो समय PUBG खेलका कारण युवा पुस्तामा मानसिक असर परिरहेको मनोचिकित्सकहरु पनि बताउँछन् । भारतको गुजरातमा भने यो मुद्दा अदालतसम्म पुगिसकेको छ । हेरौँ, प्रहरीले लगाएको प्रतिबन्धलाई अदालतले के गर्छ ?

याे पनि पढ्नुहाेस्

‘PUBG’ माथि प्रतिबन्ध लगाउन माग गर्दै ११ वर्षीय बालकले गरे अदालतमा मुद्दा दर्ता

PUBG खेलकाे लत : मानसिक समस्याको खतरा !

मानसिक स्वास्थ्यका लागि घातक बन्दै PUBG

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया