भारतीय राजदूत पुरीले गरे सञ्चालन तयारीमा रहेको जनकपुर- जयनगर रेल्वेको निरीक्षण

 चैत २, २०७५ शनिबार २१:३:५२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - इन्जिन किनेर आउँदाे नयाँ वर्षदेखि सञ्चालनको तयारीमा रहेको जनकपुर-जयनगर रेल्वे निर्माण अवस्थाको भारतीय राजदूत मंजिभ सिंह पुरीले निरीक्षण गर्नुभएको छ ।

शनिबार राजदूत पुरीले आफ्नो टोलीसहित अचानक जनकपुरधाम रेल्वे स्टेशन पुगी ट्रली चढेर जयनगरसम्मको रेल्वे निर्माण अवस्थाको निरीक्षण गर्नुभएको हो ।

राजदूत पुरीका टोलीसहित रेल्वे अधिकारीहरुले जनकपुरबाट दुईवटा ट्रलीमा चढेर २९ किलोमिटर रेल्वे ट्रयाक तथा भौतिक संरचनाहरुको निरीक्षण गरेको रेल विभाग साइट कार्यालय जनकपुरका इन्चार्ज बिनोद ओझाले जानकारी दिनुभयो ।

सरकारले नयाँ वर्षदेखि जनकपुर-जयनगर रेल्वे सञ्चालनका लागि भारतसँग इन्जिन खरिद प्रक्रिया अन्तिम चराणमा पुर्याएको छ भने सञ्चालनका लागि आवश्यक कर्मचारी भर्ना गर्ने प्रक्रियाको तयारीमा रहेको जनाएको छ ।

पहिलो चरणमा जनकपुरको कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटर रेल्वे सञ्चालन गर्ने सरकारको तयारी छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया