धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
धनुषा – पोखरीको ठेक्का विवादले ९ दिनदेखि महोत्तरीको भंगहा नगरपालिका, ८ को वडा कार्यालय बन्द रहेको छ । वडा कार्यालय बन्द हुँदा विभिन्न कामले आउने सेवाग्राही समस्यामा परेका छन् ।
गएको फागुन २३ गते वडामा रहेको पडरिया सार्वजनिक पोखरी वडाध्यक्ष मोहमबद रफिक आलमले ठेक्का लगाएपछि विवाद उत्पन्न भएको हो । त्यसको भालिपल्ट फागुन २४ गतेदेखि वडा सचिव तनुकलाल दास वडा कार्यालय जानुभएकाे छैन ।
सचिव दास वडा कार्यालय नगएपछि विभिन्न कामका लागि कार्यलय जाने सर्वसाधारण समस्यामा परेको वडाध्यक्ष आलमले गुनासो गर्नुभयो । उहाँले प्रक्रियागत ढंगले पोखरी ठेक्का लगाएको, तर नगरपालिका कार्यालयबाट प्रतिनिधि पठाउन आग्रह गर्दा समेत नपठाएर विवाद सिर्जना गरेको बताउनुभयो ।
‘वडासचिव दासले वडाको स्टाम्प, लेटरप्याड सबै लिएर जानुभएकाे छ । विभिन्न सिफारिस लगायत सेवाग्राहीकाे कुनै पनि काम गर्न सकिएको छैन ।’
वडाध्यक्ष आलमले भन्नुभयो, ‘ वडा कार्यालयमा सचिव पठाइदिन पटक पटक नगरपालिकालाई आग्रह गर्दा समेत कुनै वास्ता गरेको छैन । अब हामीले कसरी काम गर्ने ?’
यता वडासचिव दासले वडाध्यक्ष आलम पोखरी ठेक्का लगाउँदा प्रक्रिया नपुगाएको र ठेकेदारसँग लिनुपर्ने धरौटी वापतको रकम समेत नलिएको आरोप लगाउनुभयो । त्यस कारण नगरपालिकाले आफूलाई वडा कार्यालयमा नभइ नगरपालिका कार्यालयमा बसेर सेवा प्रवाह गर्न आदेश दिएको बताउँदै त्यसै अनुसार काम गररहेको प्रतिक्रिया दिनुभयो ।
यता भंगहा नगरपालिका प्रमुख सञ्जिव साहले वडासचिव दासले नगरपालिका कार्यालयमा शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएपछि नगरपालिका कार्यालयमै बसेर काम गर्न लगाइएको बताउनुभयो ।
‘वडासचिव दासलाई डरत्रास देखाएर वडाध्यक्ष आलमले उनलाई अवैध काम गराउने गरेको उजुरी छ । त्यसैले नगरपालिका कार्यालयमै बसेर काम गर्न आदेश दिइएको हो ।’
नगरप्रमुख साहले भन्नुभयो, ‘वडाध्यक्षले यस विषयमा कुनै जानकारी पनि गराउनुभएको छैन र नगरपालिकाले बोलाउँदासमेत आउनुहुँदैन । न त सचिवलाई पठाई दिनुस् भनेर मलाई भन्नुभएको छ ?’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।