धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
धनुषा – प्रत्येक वर्ष झैँ यसवर्ष पनि होली पर्वका अवसरमा जनकपुरधाममा हास्यव्यङ्ग्य सांस्कृतिक कार्यक्रम महामुर्ख सम्मेलन सम्पन्न भएको छ । यसवर्ष महामुर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पाउनु भएको छ ।
मिथिला नाट्य कला परिषदको आयोजनामा बुधबार सम्पन्न महामुर्ख सम्मेलनमा उहाँलाई महामुर्खको उपाधि प्रदान गरेको हो । यस्तै नेकपाका प्रदेश २ सांसद रामचन्द्र मण्डललाई वैशाखनन्दन, प्रदेश सांसद प्रमेश्वर साहलाई डपौर शंख, नेपालकै कान्छो मेयर धनुषाका शहीद नगरपालिकाका मेयर उदय बरबरियालाई लोढा शंकर, साहित्यकार एवं कम्युनिष्ट नेता रोशन जनकपुरीलाई चपाटनन्दको उपाधि प्रदान गरिएको छ ।
यस्तै राजपाका केन्द्रीय प्रवक्ता कृष्णा सिंहलाई वंश कुढारी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई मुसरीलाल, प्रध्यापक प्रमेश्वर कापरलाई हराशंख, नेपाल शिक्षक संघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवलाई बज्रकीट, बस व्यवसायी संघका नेता मनोज चौधरीलाई वोतलानन्द, व्यवसायी हिराभगतलाई खेसारीलाल, कवि पुनम झा मैथिलीलाई मनतोरिया र सम्झना वर्मालाई जिलेवियाको उपाधि परिषदले प्रदान गरेको हो ।
मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बर्द्धन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा हास्यव्यङ्ग्य नाटक, गीतसंगीत कविता, जोगिरालगायत प्रस्तुत गरिएको थियो । प्रस्तुति हेर्न जानकी मन्दिर प्रांगणमा दर्शकहरुको घुइँचो लागेको थियो ।
प्रत्येक वर्ष तराईमा होलीको एक दिन अगाडि विभिन्न होरीको गीत संगीत, नाटक, कविता वाचनलगायत प्रदर्शन गर्ने गरिन्छ । यस सम्मेलनमा जनकपुर क्षेत्रकमा बुद्धिजीवीमध्येका एक जना विशिष्ट व्यक्तिलाई छनोट गरी व्यङ्ग्यस्वरुप महामुर्खको उपाधि दिने गरिन्छ । त्यस्तै अन्य बुद्धिजीवी प्रतिष्ठित व्यक्तिहरुलाई विभिन्न उपनाम दिँदै मुर्खको उपाधि प्रदान गर्ने गर्दछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।