चीनले फ्रान्स, जर्मनीलगायत २९ वटा देशका लागि एकपक्षीय भिसामुक्...
मंसिर ७, २०८१ शुक्रबार
डोटी – डोटी जिल्लाका निजी विद्यालयमा पढ्ने विद्यार्थीहरु हिजोआज सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन् ।
जिल्लामा रहेका सामुदायिक विद्यालयहरुले निजी विद्यालयभन्दा राम्रो पढाइ गराउन थालेपछि उनीहरु निजी छोडेर सामुदायिक विद्यालयतर्फ आकर्षित हुन थालेको सामुदायिक विद्यालयका शिक्षकहरुको दावी छ ।
विगतको भन्दा केही फरक तथा राम्रो पढाइ सामुदायिक विद्यालय हुन थालेको र शिक्षाको गुणस्तर पनि राम्रो भएका कारण विद्यार्थीहरुको आकर्षण बढ्न थालेको भूमिराज मावि सलेनाका पूर्व प्रधानाध्यापक जगतबहादुर बलायारले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यहाँका सामुदायिक विद्यालयहरुले पछिल्लो समय आफनो पढाइ तथा शिक्षाको गुणस्तर सुधारेका कारण निजी छोडेर विद्यार्थीहरु सामुदायिक विद्यालयमा भर्ना हुन थालेका हुन् ।’
शिखर नगरपालिका–१, केदारेश्वर मावि कपल्लेकी, आदर्श गाउँपालिकामा रहेको तलारामा रहेको तलारा मावि, सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक मुक्तिनारायण मावि, दिपायलमा रहेको दिल्पेशवर मावि, जोरायल गाउँपालिका–१ मा रहेको घण्टेश्वर मावि लगायतका सामुदायिक विद्यालयहरुमा पछिल्लो समय विद्यार्थीहरुको चाप बढ्न थालेको त्यस क्षेत्रका अभिभावकहरु बताउँछन् ।
अन्य निजी विद्यालयभन्दा पनि बढी यहाँका सामुदायिक विद्यालयमा पढाइ हुन थालेको भन्दै विद्यार्थीका अभिभावक तथा बिद्यार्थीहरुको रोजाइमा निजीभन्दा सामुदायिक विद्यालय पर्न थालेको जोरायल गाउँपालिका–६ का स्थानीय चित्रराज भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय डोटीका निजी विद्यालयभन्दा सामुदायिक विद्यालयको पढाइ स्तर बढेकाले निजी स्कुलमा पढ्ने विद्यार्थीसमेत सामुदायिक विद्यालयमा पढ्न आउन थालेका छन् ।’
अन्य जिल्लामा सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा यहाँका केही सामुदायिक विद्यालयमा भने निजी विद्यालयमाभन्दा शिक्षाको गुणस्तर राम्रो भएको अभिभावकहरुको दाबी छ ।
यहाँका केही सामुदायिक विद्यालयमा प्रशस्त कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेलमैदान, विद्यालय प्रवेश गर्नेबित्तिकै अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापका कारण विद्यार्थीहरु सामुदायिक बिद्यालय तर्फ आर्कषित हुन थालेको शिखर नगरपालिका वडान. १ कपल्लेकीका वडाअध्यक्ष खडक शाहीले बताउनुभयो ।
स्थानीय अभिभावकहरुका अनुसार यहाँका सामुदायिक विद्यालयमा अहिले झण्डै दुई हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । डोटीसँगै जोडिएका अछाम, डडेल्धुरा, तथा बैतडी जिल्लाका विद्यार्थीसमेत यहाँका सामुदायिक विद्यालयमा पढ्न आउन थालेको आदर्श गाउँपालिका रहेको तलारा माविका प्रधानाध्यापक टेकबहादुर सिंहले बताउनुभयो ।
यहाँका सामुदायिक विद्यालयहरुले पछिल्लो समय आफनो पढाइको गुणस्तरमा सुधार ल्याएसँगै विद्यार्थी संख्या पनि बढाउन थालेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।