पहाडको टुक्रै खसेपछि मुग्लिन–नारायणगढ सडक आज पनि अवरुद्ध

 असार १३, २०७५ बुधबार ७:०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्डमा आज फेरि पहिरो गएको छ । चार किलोमा बिहान ६ बजे ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ । 

पहाडको एक टुक्रा नै खसेकाले बाटो तत्काल खुल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । अहिले बाटो खुलाउन डोजर तथा एक्साभेटर ल्याउने तयारी भइरहेको छ । पहिरो गए पछि बाटो अवरुद्ध भएको छ । 

हरेक दिन जाने पहिरोका कारण मुग्लिन नारायणगढ सडकको यात्रा कष्टकर बन्दै गएको छ । हिजो बिहान ५ बजेतिर खसेको पहिरो  ११ घण्टा पछि बल्ल खुलेको थियो । तर आज बिहानै फेरि पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । 
 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया