स्थानीयको लाखौँ पैसा लिएर भाग्यो 'कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपाल'

 चैत १३, २०७५ बुधबार १५:२६:४० | विमल बिष्ट
unn.prixa.net

डोटी – पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको राजपुरमा एक संस्थाले स्थानीय नागरिकको लाखौँ रकम लिएर भागेको छ । 

विक्रम संवत २०७५ साल जेठ महिनामा दिपायलमा क्षेत्रीय कार्यलय खोलेको कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपाल नामक संस्थाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बैतडी,बाजुरा, बझाङ र डोटीबाट १९ लाख ९४ हजार दुई सय रुपैयाँ लिएर फरार भएको  स्थानीयको आरोप छ । 

यहाँका पहाडी जिल्लामा विभिन्न बचत समूह बनाइ संस्थाले अछामबाट २ लाख  ३० हजार ६ सय रुपैयाँ, बैतडीबाट ३ लाख ६ हजार ८ सय रुपैयाँ, बझाङबाट ४ लाख ३५ हजार ५ सय रुपैयाँ, बाजुराबाट ३ लाख १४ हजार ४ सय रुपैयाँ, तथा डोटीबाट  ७ लाख ६ हजार ९ सय गरी जम्मा १९ लाख ९४ हजार दुई सय रुपैयाँ लगेर फरार भएको बताइएको छ । त्यस संस्थाले यहाँका जिल्लामा ब्याज तथा ऋण सहयोग दिने भन्दै बचत समूह बनाइ प्रत्येक समूहमा आबद्ध सदस्यहरुबाट मासिक २ हजार रुपैयाँका दरले रकम उठाउँदै आएको थियो ।

उता राजपुरका स्थानीय तथा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले रकम संकलन गरेर कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपाल नामक संस्थाका पदाधिकारी फरार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संस्थाका कर्मचारी कतिबेला फरार भए कसैले पत्ता लगाउन सकेनौँ, संस्थाको बोर्ड झुन्ड्याएको छ, पछि बुझ्दा थाहा भयो, कर्मचारी भागे भन्ने ।’

त्यस संस्थाका कर्मचारीले रकम लिएर फरार भएको विषयमा जिल्ला प्रहरी कार्यालयमा अहिलेसम्म कुनै पनि उजुरी नपरेको प्रहरी प्रमुख विद्यानन्द माझीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रकम लिएर संस्था भाग्यो भन्ने सुन्नमा आएको छ तर उजुरी कसैले दिएको छैन ।’

फरार भएका त्यस संस्थाका कर्मचारीले स्थानीय दीर्घराज राणाको घर भाडासमेत नतिरेको बताइएको छ । त्यस संस्थाको  केन्द्रीय कार्यालय नेपालगञ्जमा रहेको र संस्थाका अध्क्षय  भष्टचारको आरोपमा जेल परेको बताइएको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया