भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
संखुवासभा - संखुवासभाको सभापोखरी गाउँपालिकामा रहेको प्राइम बैंकको शाखा कार्यालयमा आगलागी भएको छ ।
मंगलबार बिहान ६ बजेतिर बिजुली सर्ट भएर बैंकमा आगो लागेको संखुवासभाका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले बताउनुभयो । उहाँका अनुसार प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट कति क्षति भयो भन्ने बारेमा अनुसन्धान भइरहेकाे र पूरा विवरण आइनसकेको प्रनाउ सारुमगरले बताउनुभयो ।
प्राइम बैंकको शाखा कार्यालय सभापोखरीमा केही समयअघि मात्रै स्थापना भएको थियो ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।