बारीमा फेला परेको बम स्थानीयले फालेर विस्फोट गराए

 चैत २२, २०७५ शुक्रबार १५:३९:५६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - धनुषाको विदेह नगरपालिका-७ मा रहेकाे नवटोलीका फुलगेन मल्लीको घरपछाडि फेला परेका २ वटा बमलाई स्थानीयले नष्ट गरेका छन् ।

बारीमा वेवारिसे अवस्थामा भेटिएकाे बम स्थानीयले फालेर विस्फोट गराएका हुन् । बच्चाहरुले भेट्टाएर खेलाउँदा जनधनको क्षति हुने भन्दै त्यसलाई नष्ट गर्न स्थानीयले फालेर विस्फोट गरेकाे इलाका प्रहरी कार्यालय औरहीले बताएकाे छ ।

स्थानीयका अनुसार पान मसलाको टिनको बट्टामा बनाइएको बम कालो टेपले बेरेर बारीमा बेवारिसे अवस्थामा भेटिएकाे थियाे ।

बम फेला परेर स्थानीयले फालेर विस्फोट गराएपछि इलाका प्रहरी कार्यालय औरहीबाट प्रहरी टोली घटनास्थल पुगेको र बम कसले किन छाडेको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको सहायक प्रहरी निरीक्षक रामबाबु सिंहले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया