तनहुँको मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन क्षमताभन्दा आधा कम
चैत ३, २०८१ आइतबार
काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साढे ३३ किलो सुन तस्करीका विषयमा भैरहेको अनुसन्धानका सम्बन्धमा आफूले केही पनि बोल्न नमिल्ने बताउनु भएको छ ।
प्रहरी महानिरीक्षक खनालले सुन तस्करीका विषयमा अनुसन्धान गर्न नेपाल सरकारले उच्च स्तरीय छानविन समिति गठन गरेकाले त्यस सम्बन्धमा आफूले बोल्ने कानुनी आधार नरहेको तर्क गर्न भएको हो । उहाँले सुन तस्करीका सम्बन्धमा भैरहेको समितिको अनुसन्धानमा भने आफूले आवश्यक सबै सहयोग गर्ने पनि स्पष्ट पार्नुभयो ।
बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार भेटघाट गरी प्रहरी महानिरीक्षक खनालले सुन तस्करीलाई नियन्त्रण गर्न आफू प्रतिबद्ध रहेको पनि बताउनुभयो । सुन तस्करी नियन्त्रणका लागि नेपाल सरकारले उच्च स्तरीय समिति बनाएकाले त्यसले दिएको प्रतिवेदनको आधारमा मात्रै अघि बढन सकिने महानिरीक्षक खनालको भनाई छ ।
प्रहरी महानिरीक्षक खनालले आफूले मुलुकको शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नुभयो । उहाँले नेपाल प्रहरीलाई संघीय ढाँचा अनुसार अघि बढाउन प्रहरी प्रधान कार्यालयले आवश्यक कानुनको ड्राफ्ट निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको पनि जानकारी दिनुभयो । प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले जनताको सुरक्षाका लागि नै कानुन र ऐन निर्माणको कामलाई तीव्रता दिएको पनि स्पष्ट पार्नुभयो ।
नेपाल प्रहरीले ‘साइबर क्राइम’ नियन्त्रणका लागि कडा कदम चाल्ने चेतावनी पनि दिएको छ । प्रहरी महानिरीक्षक खनालले ‘साइबर क्राइम’ ठूलो सामाजिक समस्याको रुपमा देखिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्ने चेतावनी दिनु भएको हो । उहाँले साइबर क्राइम अन्त्यका लागि साथ दिन सञ्चारकर्मीहरुलाई पनि आग्रह गर्नु भयो ।
पत्रकार भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले लागुऔषध नियन्त्रणको कामलाई प्रहरीले विशेष कार्यक्रमको रुपमा अघि बढाएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।