पार्टी एकतापछि बालुवाटारमा झण्डै ७ सय जनालाई पार्टी

 जेठ ३, २०७५ बिहिबार १५:१५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ३ – आज बेलुकासम्म एमाले–माओवादी पार्टी एकताले वैधानिक रुपमै पूर्णता पाउने पक्का भएको छ ।

भर्खरै सम्पन्न एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । 

अहिले बालुवाटारमा एमाले केन्द्रीय समितिको बैठक बसिरहेको छ । त्यस्तै प्रचण्ड निवास खुमलटारमा माओवादी सचिवालय बैठक बस्दैछ । त्यसपछि दुवै पार्टीको केन्द्रीय समितिको संयुक्त बैठक बालुवाटारमा बस्नेछ । त्यसपछि निर्वाचन आयोगमा एकीकृत पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ विधिवत रुपमा दर्ता हुनेछ । त्यसपछि राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन हुनेछ । 

सबै प्रक्रिया सकेपछि प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ७ सय जनाले खाना खाने गरी  क्याटरिङको व्यवस्था गरिएको छ । जसमा नयाँ पार्टीका ४४१ जना केन्द्रीय सदस्य तथा अन्य शुभचिन्तक रहने बताइएको छ । अहिले बालुवाटारमा कार्की क्याटरिङले पार्टीको लागि तयारी गरिरहेको छ । त्यस्तै पार्टी एकता भएकाे खुशीयालीमा बालुवाटारलाई झिलिमिली बनाउने तयारी गरिएकाे छ । बालुवाटार परिसरमा बत्ती राख्ने काम भैरहेकाे छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया