कोप–२९ मा ‘एनसीक्यूजी’ कार्यान्वयन प्रक्रिया स्पष्ट नभएको गुनासो
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं, जेठ ३ – नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पछिल्लो समय चर्चामा रहेका छन् ।
उनी इन्डियन प्रिमियर लिग (आईपीएल) र क्यारेबियन लिग खेल्ने भएकाले मात्रै चर्चामा आएका होइनन् । उनले मे ३१ मा इंग्ल्याण्डको लर्डसमा विश्व ११ को तर्फबाट वेष्ट इन्डिजविरुद्ध हुने खेलमा खेल्ने भएका छन् ।
पहिलो पटक आईपीएलमा अनुबन्धित भएर नेपाली क्रिकेटमा इतिहास कायम गरेका सन्दीपको प्रशंसा
विश्व प्रख्यात क्रिकेटरले मात्रै होइन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत गर्न भ्याए । नेपाल भ्रमणमा रहेका मोदीले सन्दीप लामिछानेजस्तै अरु नेपाली खेलाडी पनि अन्तर्राष्ट्रिय रुपमा जोडिनु पर्ने बताएका थिए ।
मोदीले सन्दीपलाई सम्झिएकै यस्तो संयोग भयो कि दिल्ली डेयरडेभिल्सले टिम ११ मा समावेश गर्यो । अझ दिल्लीले सन्दीपलाई रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध ओपनिङ बलरका रुपमा नै खेलायो ।
सन्दीपले आईंपीएलमा आफ्नो डेब्यू खेलमै उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २५ रन दिएर एक विकेट लिएका थिए । उनको बलिङमा विश्वका दुई उत्कृष्ट ब्याट्सम्यान विराट कोहली र एबी डिभिलियर्सलाई समेत रन बनाउन हम्मेहम्मे पर्यो । दिल्लीले आफ्नो १२ औँ खेलमा मात्र सन्दीपलाई टिम ११ मा ठाउँ दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।