'ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन' आयोजना हुने
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै - उद्योगी स्वर्गीय दिवाकर गोल्छाको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उपचारका क्रममा भारतको चेन्नइमा निधन भएका उद्योगी तथा पूर्व सांसद गोल्छाको मारवाडी समुदायको रीति अनुसार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।
गोल्छाको पार्थिव शरीर भारतबाट बिहीबारै दिउँसो ३ बजे काठमाण्डौ ल्याएर साँझसम्म गोल्छा निवास बुद्धनगरमा श्रद्धान्जलीको लागि राखिएको थियो । मृगौलासम्बन्धी रोगको उपचारको लागि भारत गएका गोल्छाको मंगलबार राति निधन भएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसक्नु भएका ६७ वर्षीय गोल्छाको नेपालको औद्योगीकरणमा महत्त्वपूर्ण भूमिका रहेकाे छ । नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना पूर्वउपाध्यक्षको श्रद्धान्जली सभा भने वैशाख २ गते काठमाण्डाैमा गर्ने बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।