रौतहटमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

 असार १५, २०७५ शुक्रबार ६:५८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट – राजदेवी नगरपालिका मुडबलवामा प्रहरीको कारबाहीमा एकजनाको  ज्यान गएको छ । विहीबार राति प्रहरीमाथि आक्रमण गरेपछि भएको जवाफी कारबाहीमा ज्यान गुमाएका व्यक्तिको परिचय खुल्न नसकेको र उनको शव जिल्ला अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट एउटा एसएमजी कार्बाइन बन्दुक, त्यसको गोली र मोटरसाइकल पनि बरामद भएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी रामकुमार दानीले जानकारी दिनुभयो । बाग्मती नदीको तटबन्धमा र।ती १० बजेतिर भारतीय नम्बरको अन टेष्ट मोटरसाइकलमा चढेर आएका तीनजनालाई जाँच गर्ने क्रममा प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी कारबाही गर्दा एक जनाको ज्यान गएको  र २ जना गोली प्रहार गर्दै भारततिर भागेको पनि उहाँले जानकारी दिनुभयो ।

घटनास्थल नेपाल भारत सीमाबाट ३ किलोमिटर उत्तरमा पर्छ । गोली लागेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको र घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रवक्ता दानीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया