कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आज सकिँदै

 चैत २९, २०७५ शुक्रबार ९:२१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन शुक्रबार सकिँदैछ । पोखरामा बिहीबार उद्घाटन भएको सम्मेलनको शुक्रबार बन्द सत्र हुनेछ ।

बन्द सत्रमा पार्टीको आर्थिक स्रोतको ब्यवस्थापन परिचालन पारदर्शिताका साथै पार्टीले गरेका पछिल्ला कामको समिक्षा, सरकारका काम र निर्णय तथा त्यसबारेमा पार्टीको धारणा लगायतका विषयमा छलफल हुने कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका महासचिव लक्ष्मी पाण्डेले जानकारी दिनुभयो । सम्मेलनले पोखरा घोषणापत्र जारी गर्नेछ । 

पार्टीलाई चलायमान र सुदृढिकरण बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताउनुभयो ।

सम्मेलनले विदेश पलायन युवाहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने र भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमार्फत अघि बढाउन पार्टीलाई दबाब दिने बताइएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया