'ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन' आयोजना हुने
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै – देशभरका सरकारी डाक्टरले आकस्मिक बाहेकका कक्षमा सेवा वहिष्कार गर्दा बिरामीको बिचल्ली भएको छ । वृत्ती विकासमा असर गर्नेगरी समायोजन गरिएको भन्दै सरकारी डाक्टरले गएको शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा वहिष्कार गर्दा बिरामीको बिचल्ली भएको हो ।
काठमाण्डाैको वीर अस्पतालको प्राङगणमा टिकट बिनै विरामी जाँच गरे पनि शल्यक्रिया, डायलासिसलगायतका अति आवश्यक सेवा नपाउँदा बिरामीको ज्यानै जोखिममा परेको छ । तर आन्दोलनरत डाक्टरले भने आफ्नो माग पूरा नभएसम्म आन्दोलन फिर्ता नलिने अडान लिएका छन् ।
सरकारले पनि कर्मचारी समायोजनको काम सकिएकाले यसमा पुनविचार नगर्ने भन्दै आन्दोलन फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको छ । सरकारी डाक्टरको आन्दोलनमा नेपाल चिकित्सक संघले पनि साथ दिएको छ । संघले ७२ घण्टाभित्र सरकारी डाक्टरको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।
यो पनि पढ्नुहोस् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।