प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
धनुषा - प्रदेश २ सरकारले भोलि वैशाख २ गते, साेमबार जुडशितल पर्वको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्रीले विज्ञप्ति जारी गर्दै जुडशितलको अवसरमा वैशाख २ गते सोमबार प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराउनु भएको हाे ।
मिथिलाञ्चलमा नयाँ वर्षलाई स्वागत गर्ने जुडशितल पर्व धुमधामसँग मनाउने गरिन्छ । यस पर्वमा उमेर र मर्यादामा ठूला व्यक्तिले सानालाई शीरमा पानी सिंचित गर्दै वर्षभरी शीतलता, सुख, शान्ति, एवं दिर्घायुको कामना गरी आशिर्वाद दिने चलन छ ।
यस्तै रुख, विरुवाहरुमा पानी हाल्नुको साथै खेतमा मलजल गर्ने गरिन्छ । जुडशितलको दिन मिथिलाञ्चलमा थालपानी खेलिन्छ भने घरघरमा मिष्ठान्न परिकार बनाएर खाने चलन छ ।