'ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन' आयोजना हुने
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कुल काठमाण्डौलाई ‘वर्ल्ड बुक अफ् रेकर्ड्स’ हस्तान्तरण गर्नुभएको छ ।
सोमबार बिहान बालुवटारमा आयोजित कार्यक्रममा वर्ल्ड बुक अफ् रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गर्नुभएको हो ।
प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले एक सय रुपैयाँमा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई समताले गुन लगाएको बताउनुभयो । ‘राज्यले लिनु पर्ने दायित्व तपाईँहरुले लिनु भएको छ । यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।’
प्रधानमन्त्री ओलीले समता स्कुलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको बताउनुभयो । ‘सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसका लागि तपाईँहरुलाई बधाई छ ।’
प्रधानमन्त्री ओलीले यस वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालयबाहिर नुहने स्पष्ट पार्नुभएको छ । नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पनि उपस्थिति थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।