'ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन' आयोजना हुने
फागुन २०, २०८१ मंगलबार
बर्दिया - बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, खाता जैविक मार्ग र कर्णाली जैविक मार्गमा समुदायमा आधारित जंगली हात्तीको अध्ययन र अनुगमन कार्य सुरु गर्न गरिने भएको छ । सम्भवतः नेपालमै पहिलो पटक जंगली हात्तीको अध्ययन र अनुगमन हुन लागेको बताइएको छ ।
जंगली हात्तीको बढी आतंक रहेको गेरुवा नदी तटीय क्षेत्रको पाताभार, गोला, मनाउ, पशुपतिनगर, खाता जैविक मार्गमा पर्ने सूर्यपटुवा, ठाकुरद्वाराको भूभागका साथै शिवपुर, नेउलापुर र बगनाहा क्षेत्रमा जंगली हात्ती अनुगमनका लागि चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान र रेपिड रेस्पोन्स टिम (आरआरटी) को टोली परिचालन गरिने जनाइएको छ ।
जंगली हात्ती सम्बन्धी अध्ययन यही वैशाख पहिलो सातादेखि चैत्र मसान्तसम्म एक वर्ष सञ्चालन गरिने उज्यालो नेपाल बर्दियाका अध्यक्ष रमेशकुमार थापाले जानकारी दिनुभयो । ‘जंगली हात्तीको संख्या कति रहेछ, कति हात्ती निकुञ्ज बाहिर आए, के कति नोक्सानी पुर्याए, के गर्दा निकुञ्ज भित्र भागे भन्ने रिपोर्ट एउटा तयार हुन्छ ?’ बर्दिया निकुञ्जका निवर्तमान प्रमुख संरक्षण अधिकृत एवं उज्यालो नेपाल बर्दियाका अध्यक्ष रमेश कुमार थापाले भन्नुभयो ।
जंगली हात्तीको आवागमन, हात्तीको संख्या, हात्तीले गर्ने हानी नोक्सानी र गाउँमा पसेका हात्ती धपाउन कुन प्रविधि प्रभावकारी हुन्छ ? भन्ने समेत अध्ययन गरिने चोरीशिकार नियन्त्रण युवा परिचालान अभियान सञ्जाल बर्दियाका अध्यक्ष हेमन्तप्रसाद आचार्यले बताउनुभयो ।
हात्ती अनुगमनका लागि खटिएका रेपिड रेस्पोन्स टिमका सदस्यहरुलाई उज्यालो नेपाल बर्दियाले इन्टरनेसनल एलिफेन्ट फाउण्डेसनको सहयोगमा २५ जना आरआरटी सदस्यहरुलाई तालिम दिई क्यामरा, जीपीएस, झोला, युनिफर्म र फिल्ड सामाग्रीहरु बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वितरण गर्नुभएको थियो ।
पछिल्लो समय बर्दिया निकुञ्ज आसपासका क्षेत्रमा बर्षेनी जंगली हात्तीबाट जनधनको क्षति पुर्याउने क्रम बढेको छ । बर्दिया निकुञ्जमा एक सयको हाराहारीमा जंगली हात्ती रहेको अनुमान गरिएको छ ।
उज्यालो नेपाल बर्दियाको आयोजनामा जंगली हात्ती संरक्षणका लागि सरोकारवालाहरुबीच एक दिने कार्यशाला गोष्ठी ठाकुरद्वारामा आयोजना समेत गरिएको थियो । उज्यालो नेपाल बर्दिया, बर्दिया निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, युएसफिस एण्ड वाईल्ड लाइफको सहयोगमा जंगली हात्तीबाट बच्न पूर्व तयारीका लागि कार्ययोजना बनाउन गोष्ठीको आयोजना गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।