काभ्रे बेथानचोकको गोरखनाथ सामुदायिक वनमा डढेलो
चैत ३, २०८१ सोमबार
सिन्धुपाल्चोक – सिन्धुपाल्चोक कारागारबाट भूकम्पमा भागेका कैदीबन्दी धमाधम सम्पर्कमा आउन थालेका छन् ।
लामो समयसम्म सम्पर्कमा नआएपछि कैद भुक्तान हुन थोरै समय बाँकी रहेकालाई पनि ५० प्रतिशत थप सजाय गर्ने जिल्ला अदालत सिन्धुपाल्चोकले हालै निर्णय गरेपछि फरार कैदी बाध्य भएर सम्पर्कमा आउन थालेका हुन् ।
यसै साता पाँचपोखरी थाङ्पाल गाउँपालिका भोताङका विशाल तामाङ सम्पर्कमा आएका छन् । बीस वर्ष कैद तोकिएका तामाङले थप ५० प्रतिशतले अब ३० वर्ष जेल भुक्तान गर्न बाँकी रहेको छ । त्यस्तै, त्यसै गाउँका कर्तव्यज्यान मुद्दामा सजाय पाएका ६२ वर्षीय मार लामाले पनि सम्पर्कमा आएपछि थप समेत गरी अझै १३ वर्ष जेल सजाय भोग्नुपर्नेछ । यसअघि उनले १७ वर्ष दुई महिना सजाय काटिसकेका छन् ।
भूकम्प आएलगत्तै कारागारबाट भागेका २१६ जनामध्ये १२० जना सम्पर्कमा आइसकेका छन् । बाँकी ९६ जनामध्ये नौ चिनियाँ, दुई भारतीय र एक पाकिस्तानी नागरिक भएको कारागार शाखाका निमित्त प्रमुख नवराज सेनले जानकारी दिनुभएको छ ।
भूकम्पले भवन भत्केपछि स्थान अभावले विगत तीन वर्षदेखि जिल्लाबाट कैदी तथा थुनुवालाई अन्यत्र पठाउने गरिएको थियो । हाल महिला बन्दीगृह ममर्त गरी सञ्चालनमा ल्याएपछि ७५ कैदीबन्दीलाई राखिएको छ ।
बजेटको व्यवस्था भएमा आगामी ६ महिनाभित्रमा पुरुष बन्दीगृहलाई ममर्त गर्न सक्ने कारागार शाखाले जनाएको छ । बन्दीगृह मर्मतका लागि ४२ लाख रुपैयाँ लाग्ने शहरी विकास तथा भवन डिभिजन कार्यालयले जनाएको छ । भवन मर्मत भएपछि सय जना महिला बन्दीसहित २४० जना बन्दी राख्न सकिनेछ ।
महिला र पुरुष कैदीबन्दीका लागि छुट्टाछुट्टै व्यवस्था हुने गरी निर्माणाधीन भवन ठेकदारले तेस्रो किस्ता लिन बाँकी हुँदै भत्किएपछि थप समस्या भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।