नक अाउट चरणकाे पहिलाे गाेल ग्रिजम्यानकाे नाममा : फ्रान्स एक शून्यले अगाडि

 असार १६, २०७५ शनिबार २०:६:२८ | उज्यालो सहकर्मी

विश्वकप फुटबलको नक आउट चरणको अर्जेन्टिना र फ्रान्सबीचको  पहिलो खेलमा फ्रान्सले एक – शून्यको अग्रता लिएको छ ।

स्टार खेलाडीहरुले भरिएका दुई टिमबीचको जारी खेलमा फ्रान्सका तर्फबाट पेनाल्टीमार्फत  पहिलो गोल भएको छ ।

फ्रान्सका स्ट्राइकर केलिएन एम्बाप्पेलाई अर्जेन्टिनाका खेलाडी मार्कस रोहोले डिबक्स भित्र फाउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

खेलको १३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सका एन्टोन ग्रिजम्यानले टिमलाई एक शून्यको अग्रता दिलाएका छन् ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया