कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
रुसको कजान एरिनामा जारी नक आउट चरणको अर्जेन्टिना र फ्रान्सबीचको खेलको पहिलो हाफ एक एक गाेलको स्थितिमा सकिएको छ ।
खेलको ४१ अाैं मिनेटमा अर्जेन्टिनाका एञ्जल डि मारियाले थ्राे मार्फत अाएकाे बललार्इ डि बक्स बाहिरबाट उत्कृष्ट गाेल गर्दै एक एक गाेलकाे स्थितिमा पुर्याएका हुन् ।
खेलको १३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सका टिमलाई एक शून्यको अग्रता दिलाएका थिए । केलिएन एम्बाप्पेलाई अर्जेन्टिनाका मार्कस रोहोले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरेका थिए ।
पहिलो हाफमा बल नियन्त्रणमा अर्जेन्टिना अगाडि रह्यो । उसको बल नियन्त्रण ६२ प्रतिशत थियो भने फ्रान्सको बाँकी ३८ प्रतिशतमात्र थियो ।
अनुशासनका हिसाबले फ्रान्स अगाडि रह्यो । अर्जेन्टिनाका रोहोले खेलमा पहिलो पहेंलो कार्ड पाए । उनले एम्बाप्पेलाई डिबक्स भित्र फाउल गरेबापत् पहेंलो कार्ड पाएका थिए ।
त्यसपछि १९ औं मिनेटमा निकोलस टाग्लियाफिकोले र ४३ औं मिनेटमा मासेरानोले पहेंलो कार्ड पाउँदै पहिलो हाफमै पहेंलो कार्डको संख्या तीन पुर्याए ।
पहिलो हाफमा फ्रान्सले पहेंलो कार्ड पाएन भने दुवैतर्फबाट खेलाडी परिवर्तन पनि भएन ।