खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
मिस वर्ल्ड, २०१७ मानुषी छिल्लर लामो समयदेखि बलिउड फिल्मको प्रतिक्षा गरिरहेकी थिइन् । अहिले खबरहरुका अनुसार मानुषी छिट्टै नै बलिउडमा डेब्यू गर्ने भएकी छिन् ।
मानुषी छिल्लर अभिनेता अक्षय कुमारका साथ बलिउड करिएर सुरु गर्नेछिन् । छिल्लर पृथ्वीराज चौहानको बायोपिकमार्फत चलचित्रमा आउने बताइएकाे छ । चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बन्ने पृथ्वीराज चौहानको बायोपिकको निर्माण यशराज फिल्म्सले गर्नेछ । यस फिल्ममा मानुषीको प्रमुख भूमिका रहनेछ ।
भारतीय सिनेमामा पिरियड ड्रामामा आधारित फिल्म बन्ने सिलसिला धेरै पुरानो हो । दर्शकहरु पनि इतिहासमा आधारित फिल्म निकै रुचाउँछन् । यही कारण यशराज ब्यानर हिन्दू सम्राट पृथ्वीराज चौहानको कहानीलाई पर्दामा देखाउनको लागि तयारी गरिरहेको छ । यो फिल्म बिग बजेटको लगानीमा बन्नेछ ।
यशराज फिल्म्स र ‘चाणक्य’ र ‘पिजरा’ जस्ता टेलिसिरीयल बनाइसकेका निर्देशक प्रकाशचन्द्र द्विवेदी मिलेर यो फिल्म बनाउनेछन् । खबरहरुका अनुसार मानुषी छिल्लर यस फिल्ममा राजकुमारी संयुक्ताको भूमिका निर्वाह गर्नेछिन् । यतिबेला मानुषी डान्स र अभिनयको कार्यशालामा व्यस्त छिन् ।
पृथ्वीराज चौहान भारतको अजमेरका राजा सोमेश्वरका छोरा हुन । उनले १३ वर्षको उमेरदेखि अजमेरको राजगढ सम्हालेका थिए । पृथ्वीराजले एक पटक हतियारबिना नै एक्लै एक सिंह मारेका थिए । भारतमा राजा पृथ्वीराज चौहान एक योद्धा राजाको रुप परिचित छन् ।
यस्तै पृथ्वीराज चौहान उनका कट्टर दुश्मन जयचन्दकी छोरी संयुक्तासँगको प्रेम कहानी पनि निकै चर्चित छ । संयुक्ताको स्वयम्बरकै दिन पृथ्वीराज चौहानले उनलाई मण्डपबाट आफ्नो साथमा लिएर गएका थिए ।
फिल्ममा मानुषी छिल्लरले पृथ्वीराज चौहानकी प्रेमिकाको भूमिका निर्वाह गर्नेछिन् । यस बायोपिकमा अभिनेता अक्षय कुमार र मानुषी छिल्लर बाहेर अन्य पात्रको टुंगो भने लागिसकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।