खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
बलिउड अभिनेता शाहरुख खान र सलमान खान पछिल्लो समय एकअर्काका निकै घनिष्ठ साथी भएका छन् ।
दुवै जना एकअर्काको चलचित्र प्रमोशनको काममा कुनै पनि किसिमको कसर छोड्दैनन् । यी दुवै एकअर्काको चलचित्रमा केमियो पनि गर्दै आइरहेका छन् ।
केही महिनाअघि सलमान खानले शाहरुख खानको फिल्म ‘जिरो’ मा केमियो गरेका थिए भने शाहरुख खानले सलमान खानको चलचित्र ‘भारत’ को ट्रेलर रिलिज भएसँगै खुलेरै प्रसंशा गरेका थिए ।
बलिउड खबरका अनुसार, दर्शकले अब छिट्टै नै सलमान खान र शाहरुख खानलाई एकसाथ एउटै फिल्ममा हेर्न पाउनेछन् । निर्देशक अली अब्बास जफरले हालै एक अन्तर्वार्तामा सलमान र शाहरुखलाई अभिनय गराउने इच्छा व्यक्त गरेका छन् । जफरले भने, ‘यो छिट्टै नै हुनेछ । यदि मैले नै स्क्रिप्ट लेखे भने यो काम छिट्टै नै हुनेछ । यी दुवैले एकअर्कालाई माया गर्छन् । दुवै एकअर्काको साथमा काम गर्न चाहन्छन् । यदि कुनै राम्रो स्क्रिप्ट अगाडि आयो भने यी दुवैले काम नगर्ने भन्ने कुरा नै छैन ।’
शाहरुख र सलमानको जोडी पर्दामा आयो भने दर्शकका लागि त्यो फिल्म कुनै विशेष सप्राइजभन्दा कम हुने छैन । सन् २००२ मा यी दुवैले अभिनेत्री माधुरी दीक्षितका साथ फिल्म ‘हम तुम्हारे हे सनम’ मा मुख्य अभिनेताको रुपमा काम गरेका थिए । त्यस घि फिल्म ‘करण अर्जुन’ मा यी दुवैले दाजुभाइको भूमिका निर्वाह गरेका थिए ।
त्यसको १७ वर्ष पुगिसक्दा पनि यो जोडी एकैसाथ एउटै फिल्ममा मुख्य अभिनेताको रुपमा फर्किएका छैनन् । तर अब भने शाहरुख खान र सलमान खानका फ्यानहरुको यी दुवैलाई एकसाथ मुख्य अभिनेताको रुपमा पर्दामा हेर्ने सक्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।