गोरखाको खारखोला पुल ठेक्का सम्झौताको सात महिना अगावै निर्माण
चैत ३, २०८१ आइतबार
धादिङ – बेनिघाट, रोराङ गाउँपालिका वडा नम्बर–५, कामीगाउँकी एक महिलाको देवर–देउरानीको झगडा छुट्याउन जाँदा ज्यान गएको छ ।
घाँस काटेर घर आएकी ५० वर्षीया बालकुमारी विक देवर देउरानीबीच झगडा परेको सुनेर छुट्याउन गएकी थिइन् ।
६५ वर्षीय देवर सेते विकले देउरानीलाइ हिर्काउन लागेको लठ्ठी खोस्ने क्रममा उनी घाइते भएकी थिइन् ।
बेहोस अवस्थामा बेनिघाट स्वास्थ्यचौकी लगिएकी बालकुमारीको उपचार हुन नसकेपछि गजुरी प्राथमिक स्वास्थ्यचौकी पठाइएको थियो ।
उपचारको क्रममा मृत्यु भएपछि उनको महाराजगञ्ज शिक्षण असपतालमा पोष्टमार्टम गरिएको छ । घटनापछि आरोपी सेतेविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयका किटानी जाहेरी दर्ता गरिएको थियो ।
आरोपीलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।