छोराले गरे बुवाको हत्या

 जेठ ९, २०७६ बिहिबार १०:२०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पूर्व –  भुमे गाउँपालिका –७ गुनामका एक युवाले आफ्नै बुवाको हत्या गरेका छन् । २० वर्षीय विरत विकले आफ्नै बुवा ४१ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार, बिहीबार बिहान ५ बजे रमनको खुकुरी प्रहार गरी हत्या गरिएको हो । हत्या आरोपमा छोरा विरतलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक सुनारले बताउनुभयो ।

प्रारम्भिक जानकारी अनुसार घरायसी कारणले हत्या भएको बताइएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया