युगान्डमा हुने 'वुमन्स डे' कप खेल्ने नेपाली टोली घोषणा
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले बिजुलीको मागमा हुने उतारचढावलाई सम्बोधन गर्न पम्प स्टोरेज जलविद्युत आयोजनालाई प्राथामिकता दिने भएको छ । वर्षायाममा बिजुली धेरै हुने र हिउँदमा अभाव हुने समस्याको समाधानका लागि पम्प स्टोरेज जलविद्युत् आयोजनालाई प्राथामिकता दिन लागेको प्राधिकरणले जनाएको छ ।
पम्प स्टोरेज आयोजनामा तलको पानी तानेर माथिल्लो जलाशयमा भण्डारण गरी बिजुलीको माग उच्च भएको बेला प्रयोग गरिन्छ । प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभरी एक सय ५६ वटा पम्प स्टोरेज आयोजनाहरुको पहिचाहन गरेको छ । त्यसमध्ये ४२ हजार मेगावाट क्षमताका ३३ वटा आयोजनाहरु छनोट र स्तरीकरण गरेको प्राधिकरणले जनाएको छ ।
रुकुम (पश्चिम)मा रहेको स्यार्पु तालमा तीन सय ३२ मेगावाटको पम्प स्टोरेज आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिई सम्भाव्यता अध्ययन भइरहेको छ । छ सय ७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाले पनि दुई सय मेगावाटको पम्प स्टोरेज आयोजनाको अध्ययन गरिरहेको छ ।
धादिङको बेनिघाट रोराङ र चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने हुग्दी र मोवा खोलामा झन्डै एक हजार पाँच सय ९६ मेगावाटको हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।