जात्रै जात्राको कलाकारसहितको टोली विराटनगरमा

 जेठ १०, २०७६ शुक्रबार ८:९:८ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - नेपाली चलचित्र जात्रै जात्राको कलाकारसहितको टिम विराटनगर आइपुगेको छ ।

गएकाे शुक्रबारदेखि देशभर प्रदर्शन भइरहेको जात्रैजात्रालाई दर्शकले अत्यधिक मन पराएको निर्देशकको दावी छ । विराटनगरमा रहेकाे सेन्ट्रल मलमा कलाकारहरुले पत्रकारसँग अन्तरक्रियासमेत गरेका छन् । पत्रकारसँगको अन्तरक्रियामा निर्देशक प्रदीप भट्टराईले दर्शकहरुले अत्यधिक रुचाएको बताउनुभयो ।

उहाँले हालसम्म जात्रैजात्राले ४ करोडभन्दा बढीको व्यापार गरेको दावी पनि गर्नुभयो । पूर्वका दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न निस्केको कलाकारहरुको टोली दमक, इटहरी, धरान हुँदै विराटनगर आइपुगेको हो । भ्रमणका क्रममा दर्शकहरुबाट प्राप्त प्रतिक्रियाबाट आफूहरु उत्साहित भएको निर्माता रविन्द्रसिंह बानियाँले बताउनुभयो ।

टोलीमा निर्देशक भट्टराईसहित निर्माता रविन्द्र सिंह बानियाँ, कलाकार विपिन कार्की, वर्षा राउतलगायत सहभागी हुनुहुन्छ । ‘जात्रै जात्रा’ मा विपिन र वर्षाका साथै दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेललगायतका कलाकारहरुले अभिनय गरेका छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया