डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले बैंकले आठ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आइतबार एक सूचनामार्फत यही जेठ १४ गते मंगलबार ‘विकास ऋणपत्र २०८२ ग’ बिक्री गर्न लागेको जानकारी गराएको हो ।
बोलकबोलको माध्यमबाट बिक्री गर्न लागिएको यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
ऋणपत्र धितोमा राखी ऋण लिन वा दिनसमेत पाइने केन्द्रीय बैंकले जनाएको छ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुने र आर्जित ब्याजमा कर लाग्ने देखिएको छ ।
बैंकका अनुसार घटीमा पचास हजार रुपैयाँ र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई पचास हजार रुपैयाँले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरीद गर्न सकिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।