डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
काठमाण्डौ – नेत्रविक्रम चन्द विप्लव समूहले आह्रवान गरेको बन्दको उपत्यकामा आंशिक प्रभाव परेको छ । काठमाण्डौ उपत्यकामा सामान्य रुपमा नै गाडी चलिरहेका छन् । उपत्यका बाहिरका जिल्लाहरुमा भने बन्दको प्रभाव बढी परेको छ ।
उपत्यकामा बिहान कम गाडी चले पनि अहिले भने धेरै रुटमा सामान्य रुपमा नै गाडी चलिरहेका छन् । लामो दुरीका गाडी भने हिजोअस्ति जस्तो नचलेको प्रहरीले जनाएको छ ।
निजी गाडी धेरै चले पनि सार्वजनिक गाडी अन्य समयमा भन्दा कम चल्दा यात्रुलाई भने सास्ती भएको छ । सीमित मात्रामा चलेका सार्वजनिक गाडीमा कोचिएर यात्रा गर्न यात्रुहरु बाध्य भएका छन् ।
सोमबार बिहानैदेखि उपत्यकामा सवारी आवागमन केही प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बन्दको प्रभाव उपत्यकाका शैक्षिक संस्थाहरुमा पनि परेको छ । बन्दका कारण उपत्यकाका विद्यालयसमेत बन्द भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।