धुर्मुसद्वारा घिसिङसँग सहयोगको माग, समस्या समाधान गर्न घिसिङको निर्देशन

 जेठ १३, २०७६ सोमबार १०:४५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्नुभएका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सहयोग माग गर्नुभएको छ ।

सोमबार घिसिङलाई भेटेर धुर्मुसले आयोजनास्थलमा उच्च भोल्टेजको बिजुली नहुँदा ठूला संरचनाको काम गर्न अप्ठेरो भएको गुनासो गर्नुभएको थियो । भेटमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफू समस्या समाधानको लागि तयार रहेको बताउनुभएको छ ।

उहाँले क्रिकेट रंगशाला आसपासको बिजुलीको भोल्टेज बढाएर रंगशाला निर्माणलाई सहज गरिदिन पहल पनि सुरु गर्नुभएको छ । घिसिङले धुर्मुसकै सामुन्ने चितवनका भार प्रेषण शाखाका प्रमुख सुरेश महतोलाई फोन गरेर समस्या समाधानको लागि निर्देशन पनि दिनुभएको छ । 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Santosh thapa

    May 27, 2019, 11:30 a.m.

    कुलमान सर जस्तो महान मान्छेले आश्वासन मात्र हैन,पुरै सहयोग गर्नु हुन्छ हाम्लाइ बिस्वास छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया