समाचार लेखेकै आधारमा पत्रकारको हत्या गर्ने दोषीलाई उन्मुक्ति दिनु हुँदैन : महासंघ

 जेठ १३, २०७६ सोमबार १७:४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल पत्रकार महासंघले पत्रकारको हत्या गर्नेलाई कारबाही गर्न माग गरेको छ । राज्य पक्षले पत्रकार कृष्ण सेन इच्छुकलाई मारेको दिन पारेर महासंघले स्मृति सभा आयोजना गरेर दाेषीलाई कारबाही गर्न माग गरेकाे हाे । 

राज्य र विद्रोही पक्षबाट मारिएका पत्रकारहरुको सम्झनामा आयोजना गरिएको स्मृति सभामा महासंघका अध्यक्ष गोविन्द आचार्यले अहिलेसम्म राज्य र विद्रोही पक्षबाट ३७ जना पत्रकारहरु मारिएको तर दोषीलाई कारबाही नभएको भन्दै उनीहरुलाई कडा कारबाही गर्न माग गर्नुभयो । 

'३७ जना पत्रकारको कुनै पनि युद्ध वा भिडन्तका क्रममा नभई दुवै पक्षले नियन्त्रणमा लिइसकेपछि हत्या गरिएको हो । तर दोषीलाई उन्मुक्ति दिएर दण्डहिनताले प्रश्रय पाइरहेको छ, दोषीलाई कारबाही हुनुपर्छ', अध्यक्ष आचार्यले भन्नुभयो ।

यो विषयलाई महासंघले गम्भीरताका साथ उठाउने उहाँले बताउनुभयो । आगामी वर्ष सबै जिल्लामा स्मृति सभा गरिने उहाँले जानकारी दिनुभयो । 

महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकारहरु लेखेकै आधारमा मारिनु दुःखद् भएको भन्दै महासंघले यसको विरोधमा आवाज उठाइरहेको बताउनुभयो ।

त्यस्तै महासंघका पूर्व महासचिव उजिर मगरले कृष्ण सेनको हत्या गरिएको दिनलाई आधार मानेर हत्या गरिएको पत्रकारहरुलाई सम्झिनु सह्रानीय भएको धारणा राख्नुभयो ।  
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया