डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
काठमाण्डाै - चालु आर्थिक वर्षमा मित्रराष्ट्र र दातृ निकायले नेपाललाई दिने अनुदान सहायता र ऋण दुवै घटेको छ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सोमबार संसदमा प्रस्तुत गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा विदेशी र दातृ निकायले नेपाललाई दिने सहायता र ऋणमा कमी आएको छ ।
गएकाे आर्थिक वर्षको ८ महिना अर्थात फागुन महिनासम्म १ खर्ब ३१ अर्ब ५५ करोड रुपैयाँ वैदेशिक सहायता उपयोग भएको थियो । यसमा अनुदान र ऋणको अनुपात २९ दशमलव ९ र ७० दशमलव १ प्रतिशत रहेको थियो ।
तर यो आर्थिक वर्षको फागुनसम्म जम्मा ५० अर्ब ८४ करोड रुपैयाँ वैदेशिक सहायता उपयोग भएको छ । यसमा अनुदान र ऋणको अनुपात १४ दशमलव ८ र ८५ दशमलव २ प्रतिशत रहेको छ । वैदेशिक अनुदान र ऋणको उपयोग पोहोरको ८ महिनाको तुलनामा झण्डै ८१ अर्बले कमी हो ।
प्रतिबद्धतामा पनि कमी
आर्थिक सर्वेक्षणका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म १३ अर्ब ४९ करोड रुपैयाँ अनुदान र ९३ अर्ब ६९ करोड रुपैयाँ ऋण गरेर १ खर्ब ७ अर्ब १८ करोड रुपैयाँको प्रतिबद्धता आएको छ ।
तर अघिल्लो वर्षको ८ महिनामा अर्थात फागुनसम्म १ खर्ब ५० अर्ब ८८ करोड रुपैयाँको वैदेशिक सहायता र ऋणको प्रतिबद्धता आएको थियो । पोहोरभन्दा यो वर्ष ४३ अर्ब कम अनुदान तथा ऋण सहायताको प्रतिबद्धता प्राप्त भएको छ ।
अहिले घटेको सहायता र ऋणको प्रतिबद्धताले आउँदो वर्षको बजेटको स्रोतमा पनि असर गर्ने देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।