सरकारी जग्गा व्यक्तिकाे नाममा पास गराइिदएकाे अभियाेगमा क‌ंलकी मालपाेतका अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा

 जेठ १३, २०७६ सोमबार १८:३९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – मालपोत कार्यालय कलंकीका मालपोत अधिकृत शिवप्रसाद रिमालसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । 

चन्द्रागिरि नगरपालिकामा रहेको पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा व्यक्तिको स्वामित्वमा रहेको सुयल हाउजिङ्ग कम्पनीका नाममा पास गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृत रिमालसहित नायब सुब्बा हरिप्रसाद आचार्य, मिनाकुमारी थापा, कम्पनीका सञ्चालक रामकुमार सुयल थापा, दिपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम शर्मा रेग्मी र योगेन्द्र पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो । 

काठमाण्डौको साविक बाँडभन्ज्याङ गाविस वडा नम्बर ३९ ‘क’ को कित्ता नं. १ सय १ को ९२ रोपनी २ आना जग्गा कम्पनीको नाममा पुर्जा उपलब्ध गराएको अख्तियारले दाबी गरेको छ । 

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी कसुर गर्दाको समयको न्यूनतम सरकारी मूल्याङ्कन अनुसार दुई करोड २१ लाख १० हजार रुपैयाँ लिन खोजेको देखिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया