विस्फोटमा ज्यान गुमाउने जनमुक्ति सेनाका कमाण्डर र कार्यकर्ता : विप्लव

 जेठ १३, २०७६ सोमबार २०:४९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार काठमाण्डौमा भएको बम विस्फोटमा ज्यान गुमाएका ३ जना आफ्नो कार्यकर्ता भएको स्वीकार गरेको छ ।

पार्टीका महासचिव विप्लवले सोमबार विज्ञप्ति निकालेर विस्फोटमा परि पार्टीका जनमुक्ति सेना र जनवर्गीय संगठनका कमाण्डर महान तथा पार्टी कार्यकर्ता दिपेन्द्र, प्रज्वल र निरन्तरको ज्यान गएको स्वीकार गर्नुभएको हो । 

उहाँले घटना हुनुमा मुख्य दोषी केपी ओली नेतृत्वको सरकार र उसको ‘फाँसीवादी दमन’ मुख्य कारण रहेको विज्ञप्तिमार्फत बताउनुभएको छ । 

विप्लव समूहले सोमबार भोजपुर र खोटाङको सिमानामा पार्टी सदस्य तीर्थराज घिमिरेको प्रहरीको गोली लागी ज्यान गएको विरोधमा नेपाल बन्दको आह्वान गरेको थियो । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया