तीन लाख सवारी साधन थपिए

 जेठ १४, २०७६ मंगलबार ७:२९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालू आर्थिक वर्षको फागुनसम्ममा तीन लाख १८ हजार ४७७ नयाँ सवारी साधन दर्ता भएका छन् । नयाँ तीन लाखभन्दा बढी सवारी साधन दर्तासँगै देशभरमा यिनको सङ्ख्या ३५ लाख ३९ हजार ५१९ पुगेको छ । 

सङ्घीय संसद्मा सोमबार सार्वजनिक भएको आर्थिक सर्वेक्षणअनुसार देशभरमा रहेका कूल सवारी साधनमध्ये ७८ दशमलव ६ प्रतिशत मोटरसाइकल छन् । विसं २०४६÷४७ देखि गत आवसम्ममा देशभरमा जम्मा ३२ लाख २१ हजार ४२ सवारी साधन दर्ता भएका थिए । 

चालू आवको सुरुदेखि अहिलेसम्म ५ लाख ५७ हजार २९८ ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण भएको सर्वेक्षणमा उल्लेख छ । गत आवसम्ममा दुई लाख ९८ हजार १७५ चालक अनुमतिपत्र वितरण गरिएको थियो । सङ्घीय सरकारले देशभरमा रहेका यातायात व्यवस्था कार्यालय र तिनले गर्दै आएका काम प्रदेश सरकारलाई हस्तान्तरण गरेको प्रतिवेदनमा उल्लेख छ । 

गएको मङ्सिरदेखि कार्यालयहरू पूर्णरूपमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा हस्तान्तरण गरिएको छ । ती कार्यालयले स्मार्ट चालक अनुमतिपत्र वितरणलगायत काम शुरु गरेका छन् । सडक दुर्घटना घटाउन सडक दुर्घटना सूचना प्रणाली सफ्टवेयर काठमाडौँ उपत्यका र काठमाडौँ–वीरगञ्ज करिडोरमा लागू भएको छ । 
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया