सोलुखुम्बुमा जनता आवास कार्यक्रम अन्योलमा

 जेठ १४, २०७६ मंगलबार ११:४५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुमा जनता आवास कार्यक्रम अन्योलमा परेको छ । जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणको काम प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय अभावमा अन्योलमा परेको हो । 

आर्थिक रूपले विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत समुदायका लागि घर निर्माण गर्न थालिएको जनता आवास कार्यक्रमअन्तर्गत सोलुखुम्बुमा चालु आर्थिक वर्ष भित्र ४० वटा घर बनाउने प्रदेश सरकारको योजना थियो ।

प्रदेश सरकारबाट विनियोगित ८० लाख रुपैयाँ बजेटमा जिल्लाको ८ ओटै स्थानीय तहमा ५/५ ओटा घर बनाउने भनिएको थियोे । तर आर्थिक वर्षको समापन हुनै लाग्दा समेत जिल्लाका अधिकांश स्थानीय तहका प्रमुखहरु जनता आवास कार्यक्रमका बारेमा बेखबर बनेका छन् । 

आर्थिक रूपले विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत समुदायका लागि घर निर्माण गर्न लागि आएको रकम समेत स्थानीय सरकार तथा अन्य जनप्रतिनिधिबीच समन्वय हुन नसक्दा फ्रीज हुने सम्भावना बढेको देखिएको छ ।

 

प्रदेश सरकारले बजेटको ब्यवस्थापन गरे पनि स्थानीय सरकार प्रमुखहरुले चासो नदिएको प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेतले बताउनुभयो । यता स्थानीय सरकार प्रमुखहरुले भने प्रदेश सरकारले सिधै स्थानीय तहहरुलाई बजेट पठाउन नसक्दा अन्योलमा परेको बताएका छन् ।

बजेटमा जनता आवास कार्यक्रम समावेश गरेको भए पनि अहिलेसम्म कुनै प्रकृया अघि बढ्न नसकेको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राइले बताउनुभयो । प्रदेश सरकार कै स्पष्ट नीति हुन नसक्दा कार्यक्रम अघि बढ्न नसकेको नेचा सल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले बताउनुभयो ।

 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया