डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
काठमाण्डौ – सरकारले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरेको शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण दिने योजना गफमै सीमित भएको छ ।
चालु आर्थिक वर्षको बजेटमा उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याज अनुदानमा सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाइएको उल्लेख थियो ।
सरकारले बजेटमै योजना राखेपछि धेरै युवाहरु उत्साहित भएका थिए । तर बजेट कार्यान्वयनको नौ महिनामा जम्मा ६ जना युवाहरुले मात्रै यस्तो ऋण पाएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मौद्रिक नीतिको तेस्रो चौमासिक समीक्षामा जम्मा ६ जनाले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँ सहुलियत ऋण लिएको उल्लेख गरिएको छ ।
यस्तै बजेटमा भएको विदेशबाट फर्केका युवाहरुको सीप प्रमाणीकरण गरी व्यवसाय गर्न १० लाखसम्म ऋण उपलब्ध गराउने योजनाबाट जम्मा ११ जनाले ७८ लाख १० हजार रुपैयाँ ऋण लिएका छन् ।
यस्तै दलितहरुलाई सामूहिक जमानीमा १० लाख रुपैयाँ सहुलियत ब्याजमा ऋण दिने योजनाबाट १५ समूहले ७८ लाख ७१ हजार रुपैयाँ ऋण लिएका राष्ट्र बैंकले जनाएको छ ।
यस्तै महिला उद्यमशील कर्जामा १ सय ७० जना महिलाहरुले ९ करोड ७६ लाख ४ हजार रुपैयाँ ऋण पाएका छन् भने उच्च र प्राविधिक व्यवसायिक शिक्षा कर्जा योजनामा ५५ जनाले एक करोड ३३ लाख ७० हजार रुपैयाँ मात्र ऋण पाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
DB Limbu
May 28, 2019, 5:34 p.m.यूवा स्वरोजगारको कोष जालि सुकुलगुण्डा, व्यवसायी बनी टोपलेर नक्कलीहरु, पार्टीका झोलेहरुले कर्मचारीहरुसँग मिलोमतो गरी खाएर भ्रष्ट्राचार गरेर, कमिशन खाएर सकाएको समाचार पढियो अब यो सर्टिफिकेट धितो वाला कोष पनि त्यसरी नै सक्ने होला । नत्र ख्वै त व्यवसाय गरौं, स्वरोजगार सृजना गरौं भन्नेले कसैले पाएको छैन ।