काठमाण्डाै-तराइ-मधेश द्रुतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुने सेनाकाे भनाइ

 जेठ १४, २०७६ मंगलबार १५:३६:४ | उज्यालो सहकर्मी

काठमाण्डाै - नेपाली सेनाले काठमाण्डाै–तराई-मधेश द्रुतमार्ग सडक आयोजना निर्माणको काम तोकिएकै समयभित्र सम्पन्न हुने गरी अघि बढाइएको जनाएको छ । 

नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख एवं आयोजनाका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँडले तोकिएकै समयभित्र सम्पन्न हुने गरी आयोजनाको कामलाई अघि बढाइएको जानकारी दिनुभएको हो । मंगलबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा आयोजनाको हालसम्मको कार्य प्रगति विवरण पेश गर्दै उहाँले आगामी २०७९ साल असोज महिनाभित्र आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने गरी कामलाई अघि बढाइएको बताउनुभयो ।

निर्धारित समय सीमाभित्र आयोजनाको कामलाई सम्पन्न गर्नेगरी आवश्यक्ता अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्माण व्यवसायीहरु पनि सो आयोजनाको काममा परिचालन गरिएको आयोजनाका प्रमुख उपरथी खाँडले बताउनु भयो ।

आयोजना अन्तरगतको पुल निर्माणको कामलाई पनि सुरु गरिएको नेपाली सेनाले जनाएको छ । आयोजनाका प्रमुख उपरथी खाँडले पुल निर्माणको कामलाई पनि तीव्रता दिइएको बताउनुभयो । उहाँले आयोजनाको ६५६ रोपनी जग्गा अधिग्रहणको काम बाँकि रहेको उल्लेख गर्दै त्यसलाई पनि अघि बढाउने बताउनु भयो ।

आयोजनाले सुरुङमार्ग निर्माण हुने खण्डमा रुख कटानको कामलाई पनि सुरु गरिएको जनाएको छ । त्यसैगरी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन १० करोड लागतमा निर्माणका गरिएको र त्यो स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रlपरिषद कार्यालयमा पेश गरिसकिएको छ।

यसैबीच, राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजनाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन मन्त्रिपरिषद बैठकबाट स्वीकृत गरी काठमाण्डौ –तराई-मधेश द्रुतमार्ग सडक आयोजना निर्माणको कामलाई निर्धारित समय भित्रै सम्पन्न गर्न नेपाली सेनालाई सहज बाटो खोलिदिन सरकारलाई निर्देशन पनि दिएको छ ।

समितिकी सभापति दिलकुमारी रावल थापाले आयोजनाको कामलाई तोकिएकै समयमा सम्पन्न हुनेगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरिएको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

बैठकमा समितिका सदस्यहरुले आयोजनाको कामलाई अघि बढाउँदा स्थानीय जनतालाई मारमा पार्ने काम नगर्न पनि नेपाली सेनाको गम्भीर ध्यानाकर्षण गराएका थिए । ७६ दशमलव २ किलो मिटर लम्बाई रहेको सडक आयोजनाको निर्माणको जिम्मेवारी नेपाली सेनालाई २०७४ साल श्रावण २७ गते दिइएको थियो ।

 

 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया