नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधारसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

 जेठ १४, २०७६ मंगलबार १७:१८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भ्रमणको क्रममा गत जेठ ८ गते बुधबार अष्ट्रियाको राजधानी भियनामा त्यहाँका समकक्षी एन्दे्रईस रेईकार्डसँग  सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो । मन्त्री पुनले जलविद्युतको क्षेत्रमा धेरै काम गरेको अष्ट्रियासँग जलविद्युत सम्बन्धी प्रविधि भित्र्याउने गरी समझदारी गरिएको मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको हो ।

जलविद्युत क्षेत्रको प्रविधिसम्बन्धी ३१ वटाभन्दा बढि कम्पनी भएको त्यस देशसँग जलविद्युत पूर्वाधार विकासका अन्य विषयमा पनि छलफल गरिएको मन्त्री पुनको भनाइ थियो ।

मन्त्री पुनले अष्ट्रिया भ्रमणको क्रममा संयुक्त राष्ट्र संघीय उद्योग विकास संगठनका उपाध्यक्ष ली योङसँग पनि भेटवार्ता गरी जलविद्युत र नविकरणीय उर्जाको विकास, प्रवर्द्धन एवम् उर्जा दक्षताका विषयमा थप सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया